३० जेठ, एजेन्सी । स्वीडेनले सोमबार लागुऔषध तस्करीमा दोषी ठहरिएका एक व्यक्तिलाई टर्कीमा सुपुर्दगी गर्न सहमत भएको छ ।
टर्कीले स्वीडेनलाई “आतङ्कवादीहरू” विशेष गरी पीकेकेका सदस्यहरूको आश्रयस्थान भएको आरोप लगाउँदै स्टकहोमलाई थुप्रै मानिसहरू सुपुर्दगी गर्न आग्रह गरेको छ ।
सरकारले “३५ वर्षीय टर्की नागरिकको सम्बन्धमा स्वीडेनबाट सुपुर्दगी दिने निर्णय गरेको छ,” न्याय मन्त्रालयका अधिकारी अशरफ अहमदले एएफपीलाई भनेका छन् ।
टर्कीले उनलाई लागुऔषध ओसारपसारको कसुरमा सजाय दिन चाहेको छ ।
प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार