२५ बैशाख २०८३, शुक्रबार

विद्यालयस्तरमा निबन्ध लेखनसम्बन्धी प्रशिक्षण र कार्यशाला


२९ जेठ, काठमाडाैँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको केन्द्रीय निबन्ध विभागले विद्यालयस्तरमा निबन्ध लेखनसम्बन्धी प्रशिक्षण र कार्यशाला सुरु गरेको छ ।

कार्यशालाको पहिलो चरणमा आइतबार काठमाडौँको मनोहर माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्मका ३२ विद्यार्थीमाझ कार्यशाला सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्वमन्त्री शान्ता मानवी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव डा जीवेन्द्रदेव गिरी, अखिल नेपाल महिला सङ्घ कला, साहित्य विभागका संयोजक रञ्जु पोखरेललगायत अतिथी थिए । सङ्घका उपाध्यक्ष एवं निबन्ध विभागका संयोजक नर्मदेश्वरी सत्याल, सदस्यहरु सोमनाथ दाहाल र गीता सापकोटाले निबन्धका सैद्धान्तिक, व्यावहारिक र कार्यमूलक प्रशिक्षण दिएका हुन् ।

विद्यालयका निमित्त प्रधानाध्यापक कमला पौडेल, नेपाली विषय शिक्षक शान्ता अधिकारी र निबन्ध विभागका सदस्य अच्युत घिमिरेले सहजीकरण गरेका हुन् ।

महासङ्घका अध्यक्ष अधिकारीले विद्यार्थीको प्रतिभा प्रस्फुटका लागि आगामी दिनमा अन्य पनि यस प्रकारका कार्यक्रम आयोजना गरिने बताए ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives