२७ पुष २०८१, शनिबार

अफगानिस्तानमा महिलाले चलाएका छन् ५ हजार कम्पनी


२७ जेठ, एजेन्सी । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताएका छन्।

स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले उल्लेख गरेअनुसार मन्त्रीले भनेका छन्- “हाम्रो तर्फबाट देशमा महिलाद्वारा सञ्चालित व्यवसायमा कुनै समस्या छैन। महिलाद्वारा सञ्चालित ५ हजार आधिकारिक कम्पनी छन्, ।”

तालिबानी सरकार महिला अधिकार विरोधी रहेको चौतर्फी आलोचनाका बीच यो विवरण सार्वजनिक भएको हो ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार