२५ बैशाख २०८३, शुक्रबार

दोस्रो जीवन पाएको खुसी बोकेर फर्किए कलेजो दाता एवं ग्रहणकर्ता दम्पती


२७ जेठ, काठमाडाैँ । केही महिना अगाडिसम्म जीवन कति दिन होला भन्ने चिन्तामा रहेका बाबुराम विश्वकर्मा दम्पती दोस्रो जीवन पाएको खुसी बोकेर आज घर फर्किएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ कलेजो प्रत्यारोपण गरिएका बाबुराम विश्वकर्मा कलेजो दान गर्ने आफ्नै श्रीमती आशा सुनार र शल्यक्रिया गरेर सफल उपचार गर्ने चिकित्सकसहितको टोलीसँग खुसी साट्दै आज सकुशल घर फर्किएका हुन्।

कलेजो दाता आशालाई अब श्रीमान्को जीवन यति नै हो कि भन्ने चिन्ताले दिनानुदिन सताएको पीडा आज सफल उपचारपछि घर फर्किंदा सबै पीडा बिर्साएको छ । घर फर्कंदै गरेका विश्वकर्मा आफ्नै कलेजो दान गरेर आफूलाई दोस्रो जीवन दिने श्रीमती आफ्ना लागि जीवनदाता भएको बताए ।केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपित गरेका विश्वकर्मा र कलेजोदाता सुनार दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताए ।

कलेजो ग्रहणकर्ता विश्वकर्मा र कलेजो दाता सुनारले आफ्नै देशको अस्पतालमा यति ठूलो सेवा लिन पाउँदा अत्यन्त खुशी भएको बताए ।

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको शुरुआत गर्नका साथै केन्द्र स्थापनाको छोटो अवधिमै अङ्गदान र प्रत्यारोपण क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives