१९ जेठ, एजेन्सी । स्वीडेनको एस्किलस्टुना सहरमा बिहीबार खेलकुद दिवसको समयमा भएको चक्कु आक्रमणमा चार बालबालिका घाइते भएका छन् ।
खाजाको समयमा झगडाको खबर आएपछि खेलकुद परिसरमा प्रहरी टोलीहरू पठाइएको थियो ।
एक प्रत्यक्षदर्शीले बताएअनुसार घटनामा लगभग २० व्यक्तिको दुई समूह रहेको र ती समूहका कम्तीमा दुई युवाहरूलाई चक्कुले चोट लागेको देखिएको थियो ।
प्रहरीले कम्तीमा एउटा हतियार प्रयोग भएको पुष्टि गरेको छ, तर घाइतेहरूको पहिचान र उनीहरूको चोटको प्रकृति खुलाएको छैन ।
राजधानी स्टकहोमबाट करिब ८८ किलोमिटर पश्चिममा रहेको एस्किलस्टुनामा रहेको विद्यालयका प्रधानाध्यापकले उनीहरू सबै कक्षा ९ का विद्यार्थी भएको र चारैजनालाई चक्कुले चोट लागेको दागेन्स न्याहेटर (डीएन) अखबारलाई बताएका छन् ।
प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार