७ असार २०८३, आईतवार

‘राधा’ले तीन विधामा जित्यो अवार्ड


१८ जेठ, काठमाडाैँ। निर्देशक सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ चलचित्रले फ्रान्सको कान्स सहरमा सम्पन्न भएको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’का तीन विधामा अवार्ड हात पारेको छ ।

अमेरिकामा राधाको विशेष शोमा व्यस्त रहेका थापाले  वेष्ट फिचर फिल्म, वेष्ट एक्ट्रेस र वेष्ट डाइरेक्टर अवार्ड हात पार्न सफल भएको जानकारी दिए । ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा नेपाली चलचित्र ‘द सेक्रेट अफ राधा’ लेखन, निर्देशन, अभिनय, फिल्म सेट डिजाइन, सम्पादन तथा छायाङ्कनलगायत सात विधामा मनोनयनमा परेको थियो ।

‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ विशेष गरी महिला फिल्मकर्मी र महिला चरित्रलाई ‘प्लेटफर्म’ दिने उद्देश्यले सन् २००५ देखि आयोजना हुँदै आएको फेस्टिभल हो । थापाको लेखनसमेत रहेको फिल्मले महिलाको सहनशक्तिको चरित्रको कथा वर्णन गरेको छ ।

यसअघि सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म नेपाल प्राविधिक सङ्घले जेठमा आयोजना गरेको नेफ्टा अवार्डमा समेत १० विधामा मनोनयनमा परेको थियो । नेफ्टामा फिल्म उत्कृष्टसँगै निर्देशक, अभिनेत्री, सहायक अभिनेता, रङ संयोजन, छायाङ्कन, सम्पादन, लेखन, वेषभूषा तथा श्रृङ्गारलगायत १० विधामा मनोनयनमा परेको छ । नेफ्टा अवार्डको ग्राण्ड फिनाले आउँदो महिना जुलाईमा अमेरिकास्थित डालस सहरमा हुने भएको छ ।

राधा चलचित्र अष्ट्रेलियाको सफल शो पछि अहिले अमेरिकाका विभिन्न राज्यमा विशेष शो भइरहेको छ । निर्देशक थापा अहिले चलचित्रको शोका क्रममा अमेरिकामा छन् । अमेरिका पछि क्यानेडामा समेत नेपाली चलचित्र द सेक्रट अफ राधा विशेष शो हुने निर्देशक थापाले जानकारी दिए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives