२४ बैशाख २०८३, बिहीबार

लामाबगर सुरुङ मार्गमा सवारीसाधन सञ्चालन


१८ जेठ, दोलखा । निजी क्षेत्रले निर्माण गरेको दोलखाको लामाबगर सुरुङ मार्गमा सवारीसाधन चल्न थालेका छन्। यो सुरुङ हुँदै मालवाहक सवारीसाधन चल्न थालेका हुन्।

बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भिरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि निजी क्षेत्रले निर्माण गरेको सुरुङ मार्गबाट ट्याक्टर र बोलेरो जस्ता सवारीसाधन चल्न थालेको लामाबगरका स्थानीयले बताएका छन्।

सुरुङ मार्गको लम्बाइ एक हजार एक सय मिटर रहेको छ। सुरुङ मार्गको उचाइ छ मिटर र गोलाई सात मिटर रहेको छ।

नासा हाइड्रोपावर कम्पनीले बनाउन प्रस्ताव गरेको लप्ची खोला जलविद्युत् आयोजनाले यो सुरुङ मार्ग निर्माण गरेको हो। नासाले लप्ची खोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माणको तयारी गरेको छ। अहिले सुरुङ मार्गको मुखबाट पाँच सय मिटर टाढासम्म यातायात सञ्चालन हुन सक्ने अवस्था बनेको छ।

माथिल्लो भेगका अत्यन्तै कठिन भिर सानो देउराली, अँधेरी खोला र हुरहुरे नजिक सडकको ट्र्याक खोल्ने काम जारी रहेको एमभी दुगड अन्तर्गतको सुमो कन्स्ट्रक्सनका अधिकृत हेमराज तामाङले जानकारी दिए।

हेडवक्र्ससम्म पुग्न पहुँच मार्गका रूपमा यही सुरुङ मार्ग आवश्यक भएकाले स्वदेशी जनशक्ति र सिपबाटै सुरुङ मार्ग निर्माण गरेको हो। लामाबगरको सुरुमै कठिन भिर भएकाले हेलिकोप्टरमार्फत एक्साभेटर र तेल लुम्नाङ र थाम्चेम्बुमा पु-याएर हेडवक्र्स र आयोजनास्थलमा १२ किलोमिटर सडक ट्र्याक खोलिएको छ।

लुम्नाङ र लप्ची दोलखाका हिमालपारिका गाउँ हुन्। सुरुङ मार्ग सञ्चालनमा आएपछि अब लप्चीसम्म पनि सडक पुग्ला भन्ने आशा पलाएको स्थानीय कोन्जोक शेर्पाले बताए।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives