९ असार २०८३, मंगलवार

गल्याङ–बज्रे सडक कालोपत्र हुँदै


१० जेठ, स्याङ्जा । साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र १० जाने प्रमुख नाका गल्याङ–बज्रे सडक कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय खुसी भएका हुन् ।

गल्याङ नगरपालिकाकोे रू दुई करोड एक लाख ९२ हजार पाँच सय २३ र सङ्घीय सरकारको रू दुई करोड गरी कुल रू चार करोड एक लाख ९२ हजार पाँच सय २३ मा गल्याङ–बज्रे सडक कालोपत्रे हुन लागेको नगरपालिकाका प्राविधिक शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिए । वालिङस्थित निर्माण कम्पनी विकेक एण्ड कुवेर विल्डर्स प्रालिले कालोपत्रका नगरपालिकासँग ठेक्का सम्झौता गरी काम अगाडि बढाएको उनले बताए ।

पौडेलका अनुसार सोही बजेटभित्र दुई हजार पाँच सय मिटर सडक कालोपत्रे, वाल उठाउने, नाली काट्ने, नाली बनाउने, होमपाईप राख्ने, कल्भर्ट बनाउनेलगायत काम गरिनेछ ।

नगरप्रमुख गुरुप्रसाद भट्टराईले यस आयोजनाबाट करिब आठ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने बताए । बाटोको असुविधाले गर्दा किसानले उत्पादन गरेका दुध, खसिबोका, गाईभइँसी, राँगा, कुखुरा, अन्नबाली, तरकारी निर्यातमा समस्या हुँदै आएकामा कालोपत्रपछि उत्पादित सामान निर्यातमा समस्या नहुने उहाँको भनाइ थियो । उहाँले सडक सुविधा सहज भए समान ढुवानी गर्न सजिलो हुने र ढुवानी लागत पनि घट्ने बताए ।

निर्माण कम्पनीका सञ्चालक कुवेर तिवारीले गत कात्तिकदेखि सुरु भएको काम वर्षाले दुःख नदिए असार मसान्तसम्म सक्ने लक्ष्य रहेको जानकारी दिए ।

स्थानीय ओमबहादुर थापाले कच्चि बाटोका कारण वर्षौँदेखि समस्या भोग्दै आएको बताए । उनले कालोपत्रेको काम सकिएपछि सामान ढुवानी गर्न र यात्रा गर्न सुविधा हुने भन्दै निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको बताए ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives