६ जेठ, एजेन्सी । म्यान्मारमा चक्रवात मोचाबाट मृत्यु हुनेको सङुख्या १४५ पुगेको छ ।
सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ– “एक दशकभन्दा बढी समय म्यान्मार र बङ्गलादेशमा आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५ जनाको मृत्यु भएको हो ।“
प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार