२५ बैशाख २०८३, शुक्रबार

‘पादरीका अनुयायीको मृत्यु आतङ्कवादसँग मिल्दोजुल्दो’


१२ वैशाख, एजेन्सी । केन्याका राष्ट्रपति विलियम रुटोले सोमबार देशको दक्षिणमा एक पादरीका दर्जनौं अनुयायीहरूको भोकमरीबाट मृत्यु आतङ्कवाद जस्तै रहेको टिप्पणी गरेका छन् ।

उनले प्रहरी हिरासतमा रहेका पास्टर पल माकेन्जी कुनै धर्मसँग जोडिएको नभई अपराधमा जेलमा रहेको बताएका छन् ।

“माकेन्जी … एक पास्टरको रूपमा ढोंग गर्छन् तर वास्तवमा उनी एक भयानक अपराधी हुन्,” रुटोले भने।

माकेन्जीलाई येशुलाई भेट्नका लागि आफ्ना अनुयायीहरूलाई मृत्यु उपवास बस्न वाध्य पारेको आरोपमा पक्राउ गरिएको थियो। उनका अनुयायीहरूलाई भने जीवितै उद्धार गरिएको थियो तर ती मध्ये केही पछि मरेका थिए। केन्या रेड क्रस सोसाइटीले पादरीको मुख्य चर्च रहेको मालिन्दीमा स्थापना गरिएको ट्रेसिङ डेस्कमा ११२ व्यक्ति हराइरहेको उल्लेख गरिएको थियो।

रुटोले कानून प्रवर्तन एजेन्सीहरूलाई यो विषयलाई कुनै पनि धर्मसँग नजोडिएको फौजदारी मुद्दाका रूपमा राम्रोसँग अनुसन्धान गर्न निर्देशन दिएका छन् । सन् २०२२ मा निर्वाचित भएका रुटोलाई देशको पहिलो इभान्जेलिकल क्रिस्चियन राष्ट्रपतिको रूपमा प्रचार गरिएको थियो ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives