११ वैशाख, काठमाडाैँ । विभागीय टोली एपीएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारमाथि सहज जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा एपीएफले खुमलटारलाई २–० गोलले हराएको हो । एपीएफको जितमा अब्डोउ रमानी र अर्मान्ड बिडोमले गोल गरे । रमानीले २६औँ र बिडोमले ७०औँ मिनेटमा गोल गरेका थिए ।
लिगमा एपीएफको यो पाँचौँ जित हो । जितसँगै १२ खेलबाट १७ अङ्क बनाएको एपीएफ पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १३ अङ्क बनाएको खुमलटार ११औँ स्थानमा छ ।
प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार