१२ माघ २०८२, सोमबार

एउटै गाडीमा बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड र देउवा


४ वैशाख, भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

सोमबार बिहान उनीहरू एउटै गाडीमा बालकोट पुगेका हुन् ।

तीन दलका शीर्ष नेताबीच टीआरसी र संवैधानिक परिषद्सम्बन्धी विधेयकका बारेमा सहमति जुटाउने प्रयासस्वरुप  छलफल हुने बताइएको छ।

आइतबारका लागि बोलाइएको उक्त बैठक भने बस्दै नबसी स्थगित भएको थियो ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?