२४ बैशाख २०८३, बिहीबार

लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन सुरु


२३ चैत्र, लुम्बिनी । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ।

नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको दीप प्रशिक्षक तथा ओलम्पियन चन्द्रबहादुर गुरुङ, विमला राना र मोहन घलेलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरे।

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा देशभरका दुई हजार पाँच सय ५० महिला तथा पुरुष खेलाडी सहभागी छन्।

मायादेवी मन्दिर प्रवेशद्वारबाट सुरु भएको म्याराथनका सहभागीले लुम्बिनी वरपर दुई फन्को मारेर २१ किलोमिटरको दूरी पूरा गर्ने आयोजक संस्था मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने पुरुष खेलाडीलाई रु एक लाख ५० हजार, दोस्रोलाई रु ७५ र तेस्रोलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ।

यस्तै, महिलातर्फ प्रथम हुनेलाई रु एक लाख ५१ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। दुवै विधामा दशौँसम्म स्थान प्राप्त गर्ने खेलाडीलाई पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिने बताइएको छ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives