२ माघ २०८१, बुधबार

रवि लामिछानेविरुद्धको रिटमा भएन अन्तरिम आदेश, कारण देखाउ आदेश जारी


२२ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी नगरी कारण देखाउ आदेश जारी गरेको हो । लामिछानेविरूद्धको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ भएको थियो ।

मंगलबारका लागि पेशी तोकिएको भएता पनि अनिलकुमार सिन्हाले हेर्न नमिल्ने भनेपछि आज सुनुवाइ भएको थियो ।

राहदानी दुरूपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज पाैडेल (सफल)ले रिट दर्ता गरेका थिए।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार