१६ माघ २०८२, शुक्रबार
   बाजुरा सन्देश
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

१५ ,भाद्र ,काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।

सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीको टोलीलाई भारत पठाइयो

१५ ,भाद्र ,काठमाडौँ । हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई हिजो भारत पनि पठाएको छ । बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

१५ ,भाद्र ,गोरखा । पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला

फालेलुङमा प्रहरी चौकी स्थापना

१५ ,भाद्र ,पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल छ प्रहरी मात्र कार्यरत छन् ।

गुर्जामा स्याउखेतीको परीक्षण सफल

१५ ,भाद्र ,काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका

भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प

१५ ,भाद्र ,काठमाडौँ । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको

‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

१५ ,भाद्र ,काठमाडौँ । सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि

डा स्वामी केशवानन्दको ‘संस्कार शिक्षा’ सार्वजनिक

१४ ,भाद्र ,काठमाडौँ । डा स्वामी केशवानन्दको ‘संस्कार शिक्षा’ पुस्तक सार्वजनिक भएको छ । केशवानन्दले लेख्नुभएको पुस्तक आज पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा पञ्चकन्याबाट सार्वजनिक भएको हो । भविष्यका कर्णधार बालबालिकाको समुज्ज्वल जीवनका लागि शास्त्रीय आधार

उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना

१४ ,भाद्र ,काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ भर्ना भएका छन् । उनि प्रोष्टेटको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका हुन् । अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक

विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

१४ ,भाद्र ,काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई

ताजा समाचार