८ पुष २०८१, सोमबार

पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया


१६ चैत्र, पर्सा । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ ।

निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिए ।

पाटेबाघले खसीबाख्रा मारेको स्थानीयले निकुञ्ज प्रशासनलाई जानकारी गराएपछि बिहान नेपाली सेनाको टोलीले बाघलाई धपाएको थियो । यसअघि गत चैत ७ मा निकुञ्जबाट निस्केको पाटेबाघले ठोरी गाउँपालिकास्थित मिक्सर लामाको गोठमा छ वटा बाख्रा र एउटा भैँसी मारेको थियो ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?