
बाजुरा: जिल्लाको बडीमालिका नगरपालिकाका सामुदायिक विद्यालयमा व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालयमा सिकेका सीपले व्यावहारिक बनाउँदै विद्यार्थीलाई आयस्तरसँग जोड्न यो कार्यक्रमले महत्वपूर्ण मानिएको हो ।
बडीमालिका नगरपालिका –३ स्थित चोयाकोट माध्यमिक विद्यालयबाट सुरु गरिएको पढ्दै कमाउदै कार्यक्रमले आफ्नै विद्यालय परिसरमा सैद्धान्तिक ज्ञानलाई प्रयोगमा ल्याउन स्थानिय निगोलाको साम्रगी देखि तरकारी खेतीमा काम गरिरहेका छन् । जसको प्रयोगबाट सीप र बिक्रीबाट आम्दानी गर्न विद्यार्थीलाई सघाउ पुगेको छ । उत्पादन गरेको तरकारी विद्यालयको दिवा खाजामा प्रयोग हुदै आएको छ भने निगालोको चोयाबाट बनाएका डोकाहरु नगरपालिकाले लिएको चोयाकोट माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण खड्काले बताए ।
व्यावसायिक शिक्षा, आत्मनिर्भरता र व्यावहारिक सीप विकासका लागि सञ्चालन गरिएको यस कार्यक्रम विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताए । बडीमालिका नगरपालिकाका बिभिन्न सामुदायीक विद्यालयले विगत एक वर्षदेखि बिभिन्न कार्यहरु गर्दै आएको नगर प्रमुख खड्काले बताए ।
बडीमालिका नगरपालिका—२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयले प्याज र आलु उत्पादन गरेको छ । सो विद्यालयका विद्यार्थीहरुले यो एक सिजनमा मात्र १५ क्विन्टल प्याज र ८ क्विन्टल आलु उत्पादन गरेको बडीमालिका २ का वडा अध्यक्ष डम्मर महतले बताए । उत्पादन भएको प्याज र आलु बिक्री गरेर सो कार्यक्रममा संग्लग्न भएका विद्याथीको नाममा बैकं खाता खोलेर बिध्यार्थीहरुकै खातामा पैसा जम्मा गर्ने र केही रकम विद्यालयको खातामा जम्मा गर्ने वडा अध्यक्ष महतको भनाई रहेको छ । सो पैसाले उनिहरुको पठनपाठनमा सहज हुने वडा अध्यक्ष महतको अपेक्षा रहेको छ ।
प्याज र आलु निकालेर सो बारीमा अन्य तरकारी लगाईसकेको विद्यालयले जनाएको छ । बडीमालिका नगरपालिका २ को कार्यलयको ५ लाख आर्थिक सहयोग कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा ४५ जना विद्यार्थी सहभागी भएको वडा अध्यक्ष महतले बताए ।
सत्यबादी माध्यमिक विद्यालयले च्याउ खेती पनि सुरु गरेको छ र विद्यालयको केही जमिनमा केरा खेतीको सुरुवात समेत गरेको बिध्यालयका प्राधानाध्यापक मान बहादुर हमालले बताएका छन ।
हाल बाजुराका बजारमा प्याज ६० देखि ७० र आलु ४० देखि ५० रुपैयाँ प्रतिकेजी छ । उत्पादन गरिएको प्याज र आलु बिक्री गर्दा करिब डेढ लाख बढी हुन आउँछ । एउटै सिजनमा ४५ जना अप्राविधिक विद्यार्थीले डेढ लाख कमाएपछि अभिभावक र शिक्षक दुबै हौसिएका छन् । कुल आम्दानीको २० प्रतिशत विद्यालयलाई दिने र बाँकी ८० प्रतिशत विद्यार्थीलाई दिने कार्यविधि बनाइएको छ । विद्यार्थीको बैंक खाता अनिवार्य खोल्ने र उनीहरूको कमाई त्यही खातामा राखिदिने कार्यविधिमा उल्लेख छ ।
त्यसै गरि बडीमालिका ७ को सरोस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुले आलु खेती सुरु गरेका छन । सो विद्यालयले विद्यालय परिसरको साढे ३ रोपनी बाझो जमिन उपभोगमा ल्याई आलु खेती गरेको विद्यालयका शिक्षक बल बहादुर रोकायाले बताए । नगरपालिकाबाट डोजर प्रयोग गरेर बाझो जमिन खनिएको भए पनि बाकी सबै विद्यालयबाट काम गरेको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।
बडीमालिका नगरपालिका भित्र २४ वटा सामुदायिक विद्यालय छन् । ती मध्ये सत्यवादी मावि भौनेरा, चोयाकोट मावि रजालीमा र सरोस्वती आधारभुत विद्यालयले पढ्दै कमाउँदै कार्यक्रमको सुरुवात गरेको छ ।
प्रकाशित मिति: ५ असार २०८२, बिहीबार