२९ बैशाख २०८२, आईतवार

माननिय पदम गिरी ज्यु बाजुराकाे शैक्षिक क्षेत्रलाइ बिषेश हेरिदिनुहाेला


नेकपा केन्द्रीय सदस्य तथा नेपाल सरकारका पूर्व कानुन तथा स्वास्थ्य मन्त्री पदम गिरीज्यूको बाजुरा आगमन स्वागत योग्य विषय हो। उहाँले जिल्लाका बाजुरा क्याम्पसमा पुगी भ्रमण गर्नु भयो भन्ने खबरले केही हदसम्म खुशी लाग्यो।

आज बाजुराका क्याम्पसहरूमा विद्यार्थीहरू शैक्षिक गुणस्तर, जनशक्ति अभाव र भौतिक पूर्वाधारको न्यूनताजस्ता समस्यामा अल्झिरहेका छन्। यहाँ वर्षौँदेखि ठोस लगानीको अभाव छ, तर जिम्मेवार नेताहरूले यी समस्याको यथार्थ बुझ्न चाहेका छन् त ? त्यो कहिल्यै प्रस्ट देखिँदैन।

बाजुरा जिल्लामा २ जना संघीय सांसद र ३ जना प्रदेश सांसद हुनुहुन्छ। नेपाली काँग्रेसका सह- महामन्त्री, बाजुरा जिल्ला कै युवा नेता नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बर्दी प्रसाद पाण्डे ज्यू हुनुहुन्छ । तपाईंले मन्त्रालय मार्फत देशको समग्र विकासमा ८०% प्रगति ल्याउनु भएको सराहनीय छ। अब प्रश्न उठाउछौं। के बाजुरा को शिक्षामा ८०% आउँछ त । के अब लगानी गर्न सकिन र? अस्ति भर्खर नेपाल एयरलाइन्सको जहाज चढेर गृहजिल्ला आउनु भयो, जुन धेरैको लागि उत्सुकताको विषय बन्यो। तर त्यो सुविधा जनतासम्म कहिले पुग्छ? मन्त्रीज्यू, एकपटक आफ्ना सुविधा भन्दा पहिला जनताको कठिनाइ र अवस्था सोच्नुभएको भए त्यो कार्य अझै अर्थपूर्ण हुने थियो कि ?

जिल्लामै सबैभन्दा दुर्गम क्षेत्र तपाईंको जन्मभूमि गाउँ ठाउँमा पर्छ। त्यहाँका बालबालिका र विद्यार्थीहरू अझै आधारभूत शिक्षाबाट टाढा छन्। त्यहाँ जनता ले राम्रो सँग यातायात को सुविधा पाएका छैन , त्यसलाई व्यवस्था का लागि के पहल हुन्छ्न ।अब भाषण मा चिल्ला कुरा गरेर हुने वाला केही छैन र माने पनि कोही च छैनन । अब काम गरेर देखाउने बेला हो काम गर्नु होस्। बाजुरा जिल्लाको शिक्षा र पूर्वाधारमा ठोस पहल होस्—हामी यस्तै कामको प्रतीक्षा गरिरहेका छौं।

हामी सबै माननिय ज्यू हरुलाई गर्वका रूपमा हेर्छौं, तर साथसाथै प्रश्न पनि सोध्न चाहन्छौं ।शैक्षिक क्षेत्र र क्याम्पस विकासका सवालमा उहाँहरूले किन चुप लागिरहनु भएको छ? क्याम्पसहरू बजेटको अभावमा ढल्दै छन्, विद्यार्थीहरू सुविधाविहीन अवस्थामा पढ्न बाध्य छन्। अब का दिन मा यस्तै हो भने विद्यार्थी भेटिने अवस्था छैन । क्याम्पस मा यसो सर्वेक्षण गर्ने हो भने  यहीले  अङ्ग्रेजी मेजर र गणित मेजर विषय लिने मान्छे  विरलै भेटिन्छन् ।  भोलि का दिन मा हामीले शिक्षक पाउन सारै कठिन यात्रा हुन्छ होला । संघिय सांसद र प्रदेश सांसद ले जिल्ला का ३वटै  क्याम्पसको नाममा कुनै आवाज उठेको सुनिएको छैन। न त लगानीका कुनै पहलहरू देखिएका छन् ।

के उहाँहरूले योगदान गर्न सक्दैनन्?
एक–एक क्याम्पसका लागि छुट्टै योजना बनाउन सकिन्न?
सत्तामा हुँदा बजेट तान्न सकिन्न?
केन्द्र र प्रदेश सरकारबाट शैक्षिक कार्यक्रम, स्रोत र अनुदान ल्याउन सकिन्न?

हामीले त ठूला अपेक्षा गरेर उहाँहरूलाई मत दिएका थियौं।अब त कम्तीमा विद्यार्थीको भविष्यप्रति उत्तरदायी दृष्टिकोण देखियोस् भन्ने चाहना छ। क्याम्पसको विकासका लागि ठोस र दीर्घकालीन काम गरियोस् भन्ने माग छ।नेताहरू आए, सेल्फी खिचे, भाषण गरे, र फर्किए तर विद्यार्थीहरूको समस्या भने जस्ताको तस्तै। यदि भ्रमणको उद्देश्य साँच्चै विद्यार्थीको हित र शैक्षिक विकास हो भने त्यसको कुनै परिणाम देखिनु पर्छ। तर अहिले सम्म त्यस्तो केही देखिएको छैन, न त सामाजिक सञ्जालमा त्यस्तो सन्देश भेटिन्छ।

हामीलाई नेताहरू कुन पार्टीका हुन् भन्नेभन्दा पनि उहाँहरूले विद्यार्थी र शिक्षाको क्षेत्रमा के गरिरहनु भएको छ भन्ने कुराको चासो छ ।हाम्रो माग छ ।नेताहरूको उपस्थिती “फोटो सेसन” मा सीमित नहोस्, परिणाममुखी होस्।हामी विरोध होइन, जिम्मेवारीको माग गर्दैछौं। किनभने कुरा केवल क्याम्पसको होइन, हाम्रो भविष्यको हो।


प्रकाशित मिति: ८ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार