
बाजुरा: हिमाली गाउँपालिका -६ पाँडी गाउँका कृष्ण भण्डारी गाउँमा डोका बुनेर बिक्री गरेको आमदानीले घर खर्च चलाउने गरेका छन । सानो हुँदा आफू डोका देखि नोगालोबाट बन्ने विभिन्न साधन बुन्न सुरु गरेको हो । डोका बुन्नु भन्दा पहिला वनबाट निगालो ल्याउनुपर्छ । घरमा ल्याइएको निगालोबाट डोका, खार्या, सुपो, चाल्ना र चाप्री लगायत बुन्ने गरिन्छ । क्या खाली बस्नु भन्दा आफू निगालो विभिन्न बुन्ने लागेको कृष्ण भण्डारीले बताएका छ्न ।
एक पोको तेल आएपनि त्यति साह्रो भन्ने हिसाबले डोका, खार्या बनाउन लागेको हो । बनाएका डोका, खार्या देखि लिएर विभिन्न वस्तुहरु विक्री गर्न गाउँ नजिकै धिम, बोल्डिक, फैती, बाँधु, वाइ र जेरा सहित गाउँ- गाउँमा पुर्याएर बिक्रीवितरण गर्ने गरिन्छ । सिजन अनुसार डोका, खार्या र सुपाहरु बुन्ने काम गरेको छ । एउटा डोका तथा खार्या प्रती मुल्य ५ सयका दरले बेच्ने गरिन्छ । भने सुपा दुई सय पचास र चाल्ला १ सय ५० रुपैयाँका दरले गाउँ भित्र वा बाहिर लिएर बेच्ने गरेको उनको भनाइ छ ।
एक महिनामा डोका १५/२० वटासम्म बुन्ने गरेको छ । कतिपय मान्छेहरू डोका किन्न घरमा आएर लिने गरेको धेरै जसो गाउँ बाहिर पिठ्युँमा बोकेर बिक्रीवितरण गर्ने गरेका छन । गाउँमा बसेर ढोका र खार्या बुनेर आफू खर्च सहित घरमा तेल, चामल, दाल, स्याफु सहित नुन किन्ने पैसा समेत प्रशस्त पुगेको छ । एक महिनामा १०/१२ हजार रुपैयाँ कमाइ भएको छ ।
उहाँले बताउनुभयो , डोका बुन्ने काम मात्र नहुदा घरमा खेतीपाती काम बढी व्यस्त भएको हुँदा दैनिक दिन बुन्न समय पाएको छैनन् । कहिलेकाही बुन्ने काम गरिन्छ । आजभोलि गाउँ घरमा डोका, खार्या, सुपा देखि छाप्री माग धेरै पाएको छु । प्राय सामानहरु बाहिर लगेर बिक्री गरि रुपैयाँ ल्याएर घरमा आवश्यक पर्ने चामल, तेल, नुन र साबुन स्याफु किनेर सबै घरखर्छ चलाउने गरेको छ ।
बाहिर बेच्न गयो भने दुई देखि चार दिनसम्म लाग्ने गरेको छ । अहिलेसम्म डोका, खार्याको बजार राम्रो पाएको छु । भत्ताले केही हुदैन महिनाको चार हजार क्या हुदो, यही ढोका डालो बेच्दै घरपरिवार धान्ने गरेको छु । थोरै भत्ता बढी निगालोबाट बनेको डोकाबाट बिक्री गरेको पैसाले आफ्ना श्रीमानश्रीमती र बच्चालाई हुर्काउन पढाउन लत्ताकपडा खान र लगाउन राम्रो भएको छ ।
प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार