८ पुष २०८१, सोमबार

नेपाल निर्माण उध्योग परिषद् जिल्ला कमिटी बाजुरा गठन


बाजुरा– बाजुरामा नेपाल निर्माण उध्योग परिषद्को जिल्ला कमिटि गठन गरिएको छ । नेकपा एमाले निकट उध्योगी र ब्यबासायीहरुको छाता संगठनको रुपमा नेपाल निर्माण उध्योग परिषद् जिल्ला कमिटि गठन गरिएको हो । उध्योगी र निर्माण ब्यवासायीहरुको हक हितका लागि सो कमिटि गठन गरिएको नव निर्वाचित सचिव जया बहादुर  विकले बताएका छन ।
जिल्लामा पहिलो पटक गठन भएको कमिटिको अध्यक्षमा रम बहादुर शाही, सचिव जय बहादुर विक, उपाअध्यक्ष कल्पना महत, सहसचिव सुरेश बोहरा, कोषाअध्यक्ष प्रकाश थापा सहित १३ सदस्यि समिति गठन गरिएको अध्यक्ष रम बहादुर शाहले बताएका छन ।
त्यसै गरि सो कमिटिले २ जना प्रतिनिधी परिषद सदस्य समेत निर्वाचित गरेको छ । जसमा पदम बहादुर साउँद र गोपाल खड्कालाई मनोनयन गरेको जनाएको छ । निर्माण ब्यवासायी संघ बाजुराका अध्यक्ष बिनाेद शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटि सचिव काशी विक रहेका थिए । कार्यक्रमको बिषिष्ठ अतिथि नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए ।


प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?