१७ बैशाख २०८२, मंगलवार

एक वर्षमा ४३ हजार बढी फलफुलका बिरुवा रोपिए


बाजुरा– एक वर्षमा ४३ हजार ३ सय फलफुलका बिरुवा रोपिएका छन् । कृषि ज्ञानकेन्द्र बाजुरा मार्फत सुदुरपश्चिम प्रदेश र स्थानिय कृषि विकास शाखाको सहयोग, समन्वय र सहकार्यमा बाजुरा जिल्लाभरी आर्थिक वर्ष २०८० साउनदेखि ०८१ को असार मसान्तसम्म्म विभिन्न जातका ४३ हजार ३ सय फलफुलका बिरुवा रोपिएको कृषि ज्ञानकेन्द्र बाजुराका निमित्त कार्यलय प्रमुख भुमिराज उपाध्यायले जानकारी दिनुभयो ।
कृषि ज्ञानकेन्द्र बाजुरा, बाजुराका ९ वटै पालिकाले फलफुल र कृषि मार्फत जिल्लालाई समृद्ध बनाई आत्मनिर्भर बनाउने, अहिलेको बढ्दो जलवायु परिवर्तनलाई न्युनिकरण गरी जलवायु अनुकुलनताका खेतीतपतर्फ कृषकलाई आर्कषिक गर्ने उद्देश्यले एक वर्षमा मात्रै विभिन्न जातका ४३ हजार ३ सय फलफुलका बिरुवा रोपिएको बडीमालिका नगरपालिकाका कृषि विकास शाखा प्रमख प्रेम बहादुर महतको भनाई छ ।

यस वर्ष जिल्लाका विभिन्न स्थानमा १५ वटा समुह बनाई रोपिएका विरुवा मध्ये १६ हजारनौ सय पचास सुन्तला, १ हजार ५ सय मेलका बोटमा नास्पती कलमी, २१ हजार पचास कागती, पाँच सय जुनार, पचास अमिलो, २ हजार पाँच सय आँप, पाँच सय लिची, एक सय एभोकाडो गरी २ सय अन्ठाउन्न हेक्टर जमिनमा ४३ हजार तीन सय फफुलका बिरुवा रोपिएको कृषि ज्ञानकेन्द्र बाजुराको तथ्यांक रहेको छ । जसमा बाजुरामै नर्सरी स्थापना गरेर उत्पादन गरेका १५ हजार सात सय रहेका छन् भने अन्य बिरुवा अन्य जिल्लाबाट ल्याएर रोपिएका छन् ।

सुदुरपश्चिम प्रदेश सरकारको “कुन्नादरा हराभरा” कार्यक्रम अन्तरगत बुढीनन्दा नगरपालिका २, हिमाली गाउँपालिका ६, स्वामिकार्तिक गाँउपालिका ४, र जगन्नाथ गाउँपालिका ३ मा फलफुल बगैँचा स्थापना गरी बर्खे फलफुलका सुन्तला, कागती, टिमुर, र हिउँदे फलफुलका दाँते ओखर र र स्याउका विरुवा रोपिएका कृषि ज्ञानकेन्द्र बाजुराको वाषिृक प्रगती प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी बृहत तथा विशेष उत्पादन क्षेत्र बिस्तार कार्यक्रम अन्तरगत बडीमालिका नगरपािलका वडा नं ९ उखाडीमा सुन्तला, बुढीनन्दा नगरपालिका ९ अंगाउपानिमा स्याउ,खप्तड छेडेहद गाँउपालिका वडा ५ डोगडीमा ओखर, स्वामिकार्तिक गाउँपालिका ५ जेरामा ओखर, हिमाली गाउँपालिका ४ फैतीमा सुन्तला र कागती रोपि ७ हजार ३ सय बर्खे फलफुल र ७ हजार ३ सय हिउँदे फलफुलका तीनवटा बृहत फलफुलका बगैचा स्थापना गरिएका कृषि ज्ञानकेन्द्र बाजुराका मान बहादुर रावलले जानकारी दिनुभयो ।

२ लाख ३० हजार ३७ हेक्टर क्षेत्रफल रहेको बाजुरामा २८ हजार १ सय ३५ अर्थात् कुल क्षेत्रफलको १२.२३ प्रतिशत खेतीयोग्य जमिन रहेको छ जसमा २६ हजार १ सय ६० अर्थात् खेतीयोग्य जमिनको ११.३७ प्रतिशत जमिनमा खेती गरिएको छ । कुल क्षेत्रफलको २.२९ प्रतिशत र खेतीयोग्य क्षेत्रफलको १८.७८ प्रतिशत सिंचित क्षेत्र रहेको छ । खेतीयोग्य तर खेती नगरिएको जमिनमा मात्रै पनि फलफुल लगायत विभिन्न किसिमको खेती गर्न सके बाजुरा जिल्लाको भोकमरीमा न्युनिकरण तथा अर्थतन्त्रमा वृद्धिभै जिल्लामै रोजगारी सृजना गर्न सकिने कृषि विज्ञहरुको अनुमान छ ।


प्रकाशित मिति: ३ श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार