२४ बैशाख २०८३, बिहीबार

स्वरोजगार बन्दै कैदीबन्दी


जिल्ला कारगार बाजुरामा जेलसजाय भुक्तान गरीरहेका दिपेन्द्र थापालाई सोडा उत्पादनका लागि कच्चा पदाथ र म्याटरीयल जुटाउन यतिवेला भ्याईनभ्याई छ। विगत एक महिनादेखि जिल्ला कारागार कार्यालय बाजुराले कैदी बन्दीगृह भित्रै सरफ ,हार्पिक र सावुन उत्पादन गर्ने मेशिन तथा कच्चा पदार्थ उपलब्ध गराएपछि अहिले कैदी बन्दी थापा लगायत चालिस जनाले दैनिक रोजगार पाएका छन्।

दैनिक एक हजार पाकेट सरफ, त्यस्तै हार्पिक उत्पादन गर्न सक्ने क्षेमताभएको मेशिन प्राप्त हुँदा आजकाल प्राय कैदी बन्दी बेफुर्सर्दी देखिन्छन् । दैनिक नित्यकर्म पछि काममै हुन्छु दिन गएको पत्तै हुंदैन । हामीलाइ सुलभ कच्च पदार्थ तथा बजारको ग्यारन्टी भए साबुन र सोडमा बाजुराआत्मनिर्भर वनाई दिन सक्छौं दिपेन्द्रले भने । दुुई सय ग्राम सोडाको पचास रुपैंयमा बिक्री गरीरहेको उनले भने ।

विगतमा पनि टोपी गलैंचा झोल बुन्ने सिप सिकाईन्थ्यो तर ब्यवायिक थिएन । म आएको पांचवर्ष भये यबसायिक तालिम यो वर्ष पाईयो । पछिल्लो समयमा नयाँ कार्यालय प्रमुख तिवारी सर आएपछि तिन महिनामै कारागार ब्यबस्थापन लगायत कैदीवन्दी पनि रोजगार बन्न थालेको महशुस भएको छ अर्का कैदीबन्दी धनगिरी रोकाययाले भन्नुुभयो ।
जिल्ला कारागार बाजुराले पछिल्लो समयमा कैदी बन्दीलाई आयमुलक कार्यक्रममा समावेश गराउन थालिएको छ । विभिन्न किसिमका सिपमुलक कार्यक्रम सञ्चालन गरेर कैदी बन्दीलार्ई स्वरोजगार बनाउने अभियान थालेका छौं जिल्ला कारागार बाजुराका कार्यालय प्रमुख अनिल कुमार तिवारीले भन्नुुभयो ।“ खाली दिमाग सैतानका घर “भनेझै । विभिन्न्न खाले अपराध सिद्धभई जेल सजाए भुक्तान गर्न आएका कैदी बन्दीलाई दिनभर खाली राख्नाले आपसमा झगडा दिमागमा नकरात्मक सोच पालउन नदिन शृजनशील काममा व्यस्त गराउन शृजनशील पहल गरीरखेका छौं ।

देशभर का कैदीबन्दीलार्य कुनेनकुनै शृजनशील काममा लगाउनुपर्ने कार्यालय प्रमुख तिवारीको सुुझाव छ । चन्दा अनुदान वापत रु एकलाख रुपैंया संकलनगरी सुरुवात गरेका हौं । अहिले प्रति पाकेट सोडा ७० रुपैंयाका दरले बजारमा जान्छ । बजार लैजान लोगो र विलको समस्या छ यसलाई कसरी ब्यबस्थापन गर्ने भन्ने सोचमा छु लोगो सहित बजारमा पुु¥याउन पाए बजारीकरण छिटो हुन्थ्यो कार्यालयप्रमुख तिवारीले भन्न्ुुभयो । सोही अनुसार हामीले स्वरोजगारमुलक क्रियाकलापलाई बढि जोड दिएका छौं, जेलर तिवारीको भनाई छ ।

बन्दीगृह भित्रै कैदबन्दीलाई केही सृजनशील काममा लगाउन पाए ब्यक्ती पनि रोजगारी हुने जिल्लामा स्थानीय उत्पादन पनि बढाउने उद्येश्यले स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख तिवारीले भन्नुभयो। सोडा उत्पादन ब्यबसायमा अहिले चालिस जाना कैदी बन्दीले काम पाएका छन् । राज्यले दिएको सिधाले नपुुगेपछि पहिले घरबाट पैंशा माग्थे । अहिले ब्यवासायिक सिपमा संलग्न भएपछि घर पैंशा पठाउने भएका छन्। कार्यालय प्रमुख तिवारीले भन्नुुभयो ।

यसै वीच प्रमुख जिल्ला धिकारी भीमकान्त पौडेल र कार्यालय प्रमुख तिवारीको निरन्तर प्रयासले जिल्ला कारागार कार्यालय बाजुराले गत साता मात्र पहिलो पहिलोपटक गाडी प्राप्त गरेको छ। कैदीबन्दी विरामी पर्दा ,प्राकृतिक आपत विपद र जिल्लाबापहिर रिफर गर्न लगायत समस्या झेली रहेका थियौं। सहज औसषधी उपचारक साथै आपत विपद पनि गाडी सुविधा हुंदा सहज हुनेभयो ।

कारगारको गाडी नहुंदा विरामी बोकेर अस्पताल लिनुपरेको थियो अफिसको नाममा गाडी प्राप्त भएपछि काम गर्न सहज भएको छ कायृरत कर्मचारीले बताए । जीर्ण कारागारको वर्सा बोझिलो थियो । पछिल्ले समयमा सिपमुलक ब्यबसायसंगै यातायाको सुविधा लगायत जीर्णद्धार बन्दीगृहमा बसाई वातावरण सहज भएको कैदी बन्दै धनवीरको भनाई छ ।

गृह मन्त्रालयको सचिव स्तरीय निर्णयअनुसार जिल्ला कारागार बाजुराले पहिलोपटक गाडी पाएको हो जिल्ला कारागार प्रमुख तिवारीले खुशी ब्यक्त गर्नु भयो । जीर्णोद्धार बन्दीगृह पनि सरकारको आगामी वर्षको नीति कार्यम तथा बजेटमा समावेश भएको छ ।

 


प्रकाशित मिति: २६ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives