२४ बैशाख २०८३, बिहीबार

नौ महिनामा सत्र हजारकोे आँखाको शल्यक्रिया


अत्तरिया।  कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीका आँखाको शल्यक्रिया गरेको छ ।
अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १७ हजार चार सय आठ जना बिरामीका आँखाको शल्यक्रिया गरेको हो । त्यसमध्ये १२ हजार तीन सय ८५ जनाको मोतियाबिन्दु र अन्य समस्या भएका पाँच हजार २३ जनाको आँखाको शल्यक्रिया गरेको गेटा आँखा अस्पतालका सूचना अधिकारी गोविन्दप्रसाद जोशीले जानकारी दिएका छन् । सोही अवधिमा एक लाख ८८ हजार ३५ जनाले आँखाको उपचार सेवा लिएका छन् ।
नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित अस्पतालले सुदूरपश्चिम प्रदेशमा दोस्रो तहका थप तीन वटा आँखा अस्पताल, दुई वटा सर्जिकल सेन्टर र २१ वटा आँखा उपचार केन्द्रमार्फत उपचार तथा शल्यक्रिया सेवा दिने गरेको सूचना अधिकारी जोशीले बताएका छन् ।
अस्पतालका प्रमुख मेडिकल निर्देशक डा सुरेशराज पन्तले मुख्य अस्पतालमा मात्रै उपचारका लागि दैनिक चार सयको हाराहारीमा बिरामी आउने गरेकोमा त्यसमध्ये ३० प्रतिशत भारतीय तथा शल्यक्रियाका लागि ६० प्रतिशत भारतीय नागरिक आउने गरेका छन् । यहाँ दैनिक ७० देखि ८० जना बिरामीको आखाँको शल्यक्रिया हुने गरेको पन्तले जानकारी दिएका छन्  ।
अस्पतालमा मोतिबिन्दु, आँखाको पर्दा, नानीको समस्या, जलबिन्दु, चस्मा लगाउनुपर्ने समस्या भएका बिरामी बढी आउने गरेको छन् भने शिविरमार्फत पनि उपचार तथा शल्यक्रिया सेवा दिने गरिएको डा पन्तले बताएका छन्  ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives