गायक राजेशपायल राई रक्सी खाएर होहल्ला गरेको आरोपमा पक्राउ परे र छुटे । उनले आज खुशीमा पिएका थिए कि दु:खमा, त्यो उनैलाई थाहा होला । तर, उनले आफ्नो श्रीमतीसँग करिब ५ करोडको घर र ५० लाख नगद दिएर औपचारिक सम्बन्धविच्छेद गरेका छन् ।
बरू सम्बन्ध जोड्न हतार नगरौं, तर जोडेपछि त्यो सम्बन्ध स्थायी बनोस् । एक अर्काको उर्जा बनोस् । त्यो साथ एक-अर्काको हौसला बनोस । प्रेरणा बनोस् । बरू वर्षौ कुर्नुस तर सही व्यक्तिसँग सम्बन्ध राख्नुस ताकी त्यो सम्बन्ध सुखद रहोस् । जीवनभरिको काँडा नबनोस् ।
प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार