२५ बैशाख २०८३, शुक्रबार

बुद्धचित्तमालाको रुख काटेर सकेट बम राखी अज्ञात समूह फरार


काठमाडौँ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा अज्ञात समूहले बुद्धचित्त मालाको रुख इलेक्ट्रिक आरोले काटेर फरार भएका छन्।

घरधनी शेरबहादुर तामाङको उक्त बुद्धचित्त मालाको रुख गएराति १ बजेतिर अज्ञात समूहले काटेका थिए । अज्ञात समूहले काटेको बुद्धचित्तमालाको रूख वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा पांच वर्षका लागि काभ्रेपलान्चोकका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई बिक्री भइसकेको खुलेको छ ।

घटनाको सुचना पाएको एक घण्टा भित्र प्रहरी पुग्दा आँगनमा ४ वटा सकेट बम र नजिकै ‘जनमुक्ति सेना नेपाल’ लेखिएको ज्याकेट फेला परेको थियो ।बम निष्क्रिय बनाउन नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार अनुसन्धान लागि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives