काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको छ ।उनलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थिय।
डोल्पाको सामुदायिक वनमा केही दिनदेखि लागिरहेको डढेलो नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।
आइतबार दिउँसोदेखि वनमा लागेको डढेलो हुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । नियन्त्रणमा लागि खटिएको नेपाली सेनाको टोली विपरीत दिशाबाट एक्कासी हावा चलेर आगो फैलिंदा आगोमा फसेका उनीहरु बाहिर निस्किन सकेका थिएनन् ।
प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार