८ पुष २०८१, सोमबार

टी–२० विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपमा प्रयोग हुने राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा खेलकुदमन्त्री श्रेष्ठले खेल क्षेत्रको बिकासका लागि सरकारले पछिल्लो समय निरन्तर काम गरिरहेको बताए । खेलकुदमा निजि क्षेत्रलाई पनि आवद्धता गर्न छलफल सुरु भइसकेको उनले बताए ।

टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो ।


प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?