११ पुष २०८१, बिहीबार

कोशीमा माओवादीका मन्त्रीहरूले बुझाए राजीनामा


काठमाडौं। माओवादी केन्द्रको संसदीय दलको बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय पछि कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट रहेका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।


प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?