१० पुष २०८१, बुधबार

आज उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग


काठमाडौँ। वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवार विरुद्धको उजुरीमा आज जाँचबुझ गर्ने तालिका रहेको छ ।

आज अपराह्न ५ बजेसम्म कुनै उम्मेदवारविरुद्ध उजुरी परेको भए सो उपर छानबिन गरी आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । भोलि उम्मेदवारले चाहेमा नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगको कार्यक्रम छ ।


प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?