८ पुष २०८१, सोमबार

गर्मीसंगै फैलिन सक्ने यी सरुवा रोगहरु बाट कसरी जोगिने?


काठमाडौं। काठमाडौँ सहित देशभर बढ्दो गर्मीसँगै विभिन्न संक्रामक रोगहरुको जोखिम पनि बढ्ने गर्छ। गर्मी मौसममा विशेषगरी, झाडापखाला, जण्डिस, टाइफाइड ,फुड प्वाइजन ,आँखाको समस्या लगायत विभिन्न किसिमका सरुवा रोगहरुको संक्रमणको जोखिम हुने गर्दछ।

हेर्नुहोस गर्मि संगै बढ्ने यी संक्रामक रोगहरु कारण र उपाए:

झाडापखाला

गर्मि मौसममा खानेकुरा पनि छिटो गल्ने र कुहिने हुन्छ यसकारण झाडा पखालाका कीटाणुहरु बढी सक्रिय हुने हुदा धेरै व्यक्ति तथा बालबालिकाहरुमा झाडापखालाको समस्या देखिन सक्छ । झाडापखालाको हुदा धेरै पटक दिसा लाग्ने ,वान्ता हुने ,शरीरमा पानिको मात्रा कम हुदै जाने हुदा तिर्खा धेरै लाग्ने, जिव्रो सुक्खा हुने, आँखा गड्ने, पिसाब थोरै हुने वा पिसाब नै नहुने, बच्चामा पेटको छाला तानेर छाड्दा विस्तारै फर्किने, बिरामी सिथिल हुँदै जाने हुन्छ।

यस्ता संकेत देखिए झोल कुराहरु गेडागुडी वा दालको रस, फलफूलको रस, भातको माड,,आमाको दूध , पुनर्जलीय झोल वा सफा पानी खुवाउनु पर्छ। खानेकुरा हरु साबिक बमोजिम नै खुवाउनु पर्छ।

जन्डिस

गर्मि मौसमको सुरुवातसंगै जन्डिस (कमलपित्त) पनि हुन सक्छ।जन्डिस शरीरको विभिन्न भागमा पहेँलोपनको रुपमा देखा पर्दछ, जण्डिस आफैमा रोग होइन, यो कुनै रोगको कारण हो । रगतमा बिलिरुविनको मात्रा बढी भएर आँखा, छाला र मुखभित्र पहेँलो हुनुलाई जन्डिस भनिन्छ। जन्डिस हुदा जिउ गल्दै जानु,बान्ता हुनु,पेट दुख्नु,खाना नरुच्नु,अल्छी लाग्नु,खाना खाने बेलामा वाक्वाक लाग्नु,पिसाब पहेलो हुनु र अन्तिममा आखाँ पहेलो हुने संकेत देखिन्छ।

यस्ता संकेत देखिए बिरामीले गाँजर, मुला, काँक्रो, उसिनेको खाना, नुन कम हालेको र बेसार नहालेको खानेकुरा खाने ,उखुको रसमा कागती निचोरेर दिनमा तीन चार पटक ५०० मिलिलिटरको दरमा खाने, फट्किरीलाइ फुटाएर पिस्ने,पहिलो धिं आदा ग्राम दहीमा मिलाएर खाने,दोस्रो दिन १ ग्राम,तेस्रो दिन डेड ग्राम एवं प्रकारले सात दिन सम्म निरन्तर खानाले जन्डिस रोग निको हुन्।

टाइफाइड

गर्मि मौसमको सुरुवातसंगै टाइफाइड पनि हुन सक्छ। यसलाई लाई म्यादी ज्वरो पनि भनिन्छ ।दुषित खाना वा पानीको माध्यमबाट हुने यसमा ‘साल्मोनेला टाइफी’ प्रजातिको ब्याक्टेरियाका हुन्छ । संक्रमण भएको ६ देखि ३० दिनसम्म र त्यसपछि पनि लक्षण देखा पर्ने गर्छ । यो सुरुमा सासान्य ज्वरो आउने र बिस्तारै बढ्दै जाने,धेरै टाउको दुख्ने , शरीरमा स–साना बिबिरा आउने, फियो बढ्ने , सुक्खा खोकी लाग्ने, जिउ दुख्ने ,थकान महसुस हुने, पेट दुख्ने, पखाला लाग्ने,खाना नरुच्ने तथा वाकवाकी लाग्ने संकेत देखिन्छ।

यस्ता संकेत देखिए बिरामीले सक्दो आराम गर्ने ,धरै मात्रामा झोलिलो पदार्थ खाने, सफा पानी प्रशस्त पिउने ,प्रोटिन तथा भिटामिनयुक्त खानेकुरा खाने,अमिलो–पिरो बाट टाढा रहनु पर्छ।

फुड प्वाइजन

र्मि मौसमको सुरुवातसंगै फुड प्वाइजन हुने सम्भावना पनि धेरै हुन्छ। गर्मि मौसममा हामीले खाने खानाहरुमा ब्याक्टेरियाहरू चाँडै फैलिन सक्ने हुदा खानामा सावधानी अपनाउनु आवश्यक हुन्छ। फुड प्वाइजन हुदा जरो आउने ,डायरिया हुने ,टाउको दुख्ने,रिंगटा लाग्ने तथा शरीर दुख्ने हुन्छ।

यस्ता संकेत देखिए पेटको लागि एउटा चिया चम्चा महमा केही थोपा अदुवाको जुस मिसाएर सेवन गर्ने,वाकवाकी र दुखाइको अवस्थामा एक चिया चम्चा दूधमा एक चम्चा मेथीदाना मिलाएर खाने , एक ग्लास मन तातो पानीमा कागती, नुन र सख्खर मिसाएर खाने तथा मांशाहारी खानाबाट टाढा हुनु पर्छ।

आँखाको समस्या

गर्मी मौसममा आँखाको एलर्जी तथा संक्रमणको सम्भावना बढी हुन्छ । आँखाको एलर्जी तथा संक्रमण हुदा आखा रातो हुने, चिलाउने ,सुख्खा तथा चिपचिपाहट हुने समस्या आउन सक्छ।

घामको कारणले हुने यो समस्याको लागि घाममा निस्कदा सनग्लासको प्रयोग गर्नु राम्रो हुन्छ । यसका अतिरक्त हातलाइ सफा राख्नु तथा राम्ररी निन्द्रा पुर्याउनु पर्छ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?