२४ बैशाख २०८३, बिहीबार

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प


काठमाडौ। ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवान र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।

यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ। ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प गएको भूकम्प मापन अधिकारीहरूले जनाएका छन्। भूकम्पबाट के कति क्षति भयो भन्ने बारेमा जानकारी प्राप्त हुन सकेको छैन ।

चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।


प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives