काठमाडाैं ।आज विहान त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु हुने ५ जना नै एकै परिवारको रहेको पाइएको छ। बेपत्ता रहेका १८ वर्षीय दिवस रोकायाको बुबा शंकर रोकायाको निधन भएपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेर उनिहरू घर फर्कदै थिए।
मृतक ७० वर्षीया जुनकिरी रोकाया तस्विरमा देखाइएका ट्याक्सी ड्राइभर अर्जुन शिर्मलका सासू हुन् भने अन्य दुई ४१ वर्षकी हरिमाया र २८ वर्षकी अञ्जना रोकाया जुनकिरीकी छोरी हुन् र बालक ९ वर्षका आगमन नगरकोटी जुनकिरीकी छोरीकी छोरा हुन्।
प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार