२४ बैशाख २०८३, बिहीबार

प्राचीन धरोहरले पाएन न्यायः लायकु प्रवेशद्वारको काम रोक्न पुरातत्त्वको पाँचाै पत्र तर,काम निरन्तर !


काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकास्थित ऐतिहासिक लायकु प्रवेशद्वारको प्राचीनता मेटिने गरी पुनर्निर्माण गर्न लागिएको भन्दै पुरातत्त्व विभागले तत्काल निर्माण कार्य रोक्न निर्देशन दिएको छ।नगरपालिकाको ८ र ९ वडाको सीमामा रहेको उक्त प्रवेशद्वार बनेपा नगरपालिकाले पुनर्निर्माण गर्दै छ। तर, नगरपालिकाले प्रवेशद्वारमा कंक्रिट प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐनविपरीत कार्य गरेको भन्दै विभागले काम रोक्न निर्देशन दिएको हो।

अभियन्ता श्रीकृष्णा धिमालका अनुसार प्रवेशद्वारको निर्माण गर्दा अनावश्यक कंक्रिट प्रयोग गरिएको विभागको ठहर छ। प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र नियमावली २०४६ विपरीत देखिएकाले निर्माण कार्य रोक्न १२ चैत्रमा विभागले प्रशासन र बनेपा नगरपालिकालाई निर्देशन दिएको हो।

प्रवेशद्वार निर्माण गर्दा आवश्यक समन्वयसमेत नगरेको विभागले जनाएको छ। पुरातत्त्वले निर्देशन दिए पनि अटेर गर्दै नगरपालिकाले निर्माण कार्य जारी राखेको छ। विभागले यसअघि ११ साउनमा पनि काम रोक्न निर्देशन दिएको थियो। तर, नगरपालिकाले अटेर गर्दै आएपछि विभागले पुनः निर्देशन दिएको हो। त्यस्तै, सूर्यविनायक–धुलिखेल सडक विस्तारको क्रममा ऐतिहासिक ढुंगेधारा, पार्टीपौवा र मठमन्दिर संरक्षण गर्न पनि विभागले सडक विभागलाई निर्देशन दिँदै आइरहेको छ।


प्रकाशित मिति: १५ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives