२४ बैशाख २०८३, बिहीबार

देवभाषा संस्कृत


-विष्णुप्रसाद पोखरेल

ब्राह्मणा यानि भाषन्ते मन्यन्ते तानि देवताः।
सर्वदेवमयो विप्रो नतद्वचनमन्यथा।।
विप्रैः संभाषितं यद्यत्तत्सर्वं सफलं भवेत्।

देवतासँगको सम्पर्क भाषा संस्कृत भएकोले संस्कृत भाषालाई देवभाषाको संज्ञा दिइएको छ। देवकार्य र पितृकार्य गर्दा अनिवार्य संस्कृत भाषाको प्रयोग गरिन्छ। मन्त्रहरू ब्राह्मणका अधिनमा हुन्छन् भने मन्त्रका अधिनमा देवताहरू रहेका हुन्छन्। कर्मज्ञ ब्राह्मणहरू मन्त्रद्वारा जुन द्रव्य प्रदान गर्दछन् अनि मात्र देवताहरूले भोग गर्दछन्। मन्त्र विभिन्न खालका हुन्छन्। वैदिक,तान्त्रिक र पौराणिक। कर्म गर्दा यिनै विधामा केन्द्रीत हुनुपर्दछ। वैदिक मन्त्र प्रयोग सहित अनुष्ठान गर्नुपर्नेमा त्यो गरेको देखिंदैन।

अहिलेका कर्महरूमा लौकिक भाषाको प्रयोग गरी संकल्प, पूजा, आरती, पुष्पाञ्जलि गरेको देखिन्छ। यस्ता उत्ताउला प्रयोगले कार्यसिद्धि नभई विपरीत फलदिने गर्दछन्। खण्डित रङ्गवल्ली बनायो , नेपाली र हिन्दीमा संकल्प भट्टाउँदै आरतीमा चुट्की बजायो, बेतुकका कथा बक्यो, आइबक्सियोस् र गइबक्सियोस् भन्यो, ध्वनी प्रदूषण गरायो, कम्मर मर्कायो, चाकडी गर्यो हात लाग्यो शून्य। यो तरिकाबाट गरिने यज्ञले भोक्ता र कर्ताले फल पाउलान् ? अवश्य पाउँदैनन्! शास्त्रीय कर्ममा जोड दिने गरौं। अशास्त्रीय कर्मको पछाडि नलागौं।


प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives