१० पुष २०८१, बुधबार

बसन्तपुरमा हाेली उत्सव (फाेटाे फिचर)


काठमाडौं । काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ । न्यूरोड गेटदेखि बसन्तपुरसम्म मानिसहरुको ठूलो घुइँचो लागेको थियो । सबै मानिसहरु विभिन्न रंगले रंगिएका थिए । यहाँ स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका छन् ।

सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएको छ । लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर समेत रमाइलो गरेका छन् ।


प्रकाशित मिति: ११ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?