२७ बैशाख २०८३, आईतवार

चलचित्र ‘झिल्को’ को छायाङ्कन सुरु


काठमाडौं । ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको तेस्रो चलचित्र ‘झिल्को’ को छायाङ्कन सुरु भएको छ‌। वर्तमान नेपाली समाजको यथार्थलाई चित्रण गरी बन्न लागेको चलचित्र बिहीबारदेखि ललितपुरस्थित संखमूलबाट छायाङ्कन सुरु गरिएको हो।

चलचित्र काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा छायाङ्कन हुनेछ। विगत डेढ वर्षदेखि अध्ययन र लेखनमा रहेको फिल्म अहिले निर्माण गर्न हुन लागेको हो । निर्देशक, भट्टराईका अनुसार सुविधाको नाममा वर्तमान परिवार र समाज गम्भीर दुष्चक्रमा फसेको कथा फिल्मले उठाउनेछ । एउटा राम्रो अर्थपूर्ण फिल्म निर्माणका लागि ‘झिल्को’ बनाउन लागेको उनले बताए।

थुप्रै म्युजिक भिडियो निर्देशनपछि भट्टराईले ‘झोला’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो । झोलापछि सन् २०१९ मा भट्टराईको दाइजो विरोधी चलचित्र ‘भोर’ सार्वजनिक भएको थियो।

फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल लगायतको अभिनय रहनेछ ।’झिल्को’को पटकथा तथा संवादलाई भट्टराईसहित देवव्रत र अरुणदेव जोशीले तयार पारेका हुन् । दीपक बज्राचार्यको छायाङ्कन, चण्डीप्रसाद काफ्लेको संगीत फिल्ममा रहनेछ ।


प्रकाशित मिति: ८ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives