१ पुष २०८२, मंगलवार

मौसम : पहाडी भूभागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भूभागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा देखि उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार