काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार मधेश र कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा राती आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । राती कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलवार