२४ पुष २०८१, बुधबार

मुस्ताङमा लेक लागेर भारतीय नागरिकको मृत्यु


काठमाडौं । हैदराबाद घर भएका ८३ वर्षीय बि नारायणको मुस्ताङमा लेक लागेर राति साढे २ बजे एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

४१ जनाको टोली सहित मुस्ताङ पुगेका उनी मुक्तिनाथ दर्शन गरेर जोमसोममा बास बस्ने क्रममा एक्कासि उनलाई श्वासप्रश्वासको समस्या भएपछि जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।


प्रकाशित मिति: ४ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार