४ भाद्र २०८२, बुधबार

नेविसंघमा ४१ केन्द्रीय सदस्य थपिए (सूचीसहित)


काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ४१ जना थप भएका छन् । यसअघि ७११ सदस्यीय रहेको नेविसंघको तदर्थ समितिमा ४१ जना थप भएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको गत वर्ष ९ चैतमा बसेको केन्द्रीय समिति बैठकले दुजाङलाई एक वर्षभित्र अधिवेशन गर्ने समयसीमा तोकेर अध्यक्षको जिम्मेवारी दिएको थियो । त्यसपछि २२ साउन २०८० मा ७१० जनालाई तदर्थ समितिको सदस्य मनोनित गरिएको थियो ।

 


प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?