पाउल एलेक्जेन्डर । ६ वर्षको हुँदा उनलाई पोलियो हुन्छ । जसको कारण घाँटीदेखि मुनिको भाग प्यारालाइज्ड हुन्छ । यसले गर्दा उनि शरीरकै क्षमताले स्वास फेर्न पनि सक्दैनन् । त्यो समयमा यसको सहज उपचार थिएन । यसैले डाक्टरले उनलाई फलामको सिलिन्डरभित्र राखिदिन्छन । जसको सहायताले उनि स्वास फेर्न सक्छन् ।
तर, फलामको सिलिन्डर भित्र कैद भएपनि उनि आफ्नो जिन्दगी भने कैद हुन् दिदैनन् । उनि स्कूल जान्छन, कलेज जान्छन, कानुन विषयमा डिग्री हासिल गर्छन् । र, वकिलको रुपमा पनि काम गर्छन् । उनका शरीरका कुनै पनि अंग नचले पनि उनले आफ्नो मुखको सहायताले आवश्यक कामहरू गर्न सक्छन् । उनले एउटा प्लास्टिकको सानो छेस्को मुखमा च्यापेर त्यसको सहायताले किबोर्डमा टाइप गरेर एउटा पुस्तक नै लेखेका छन् । त्यो लेख्न उनलाई ८ वर्ष लागेको थियो ।
‘आइरन-लङ्ग’ अर्थात् फलामको फोक्सो राखेका व्यक्ति लामो समय बाँच्न सक्दैनन् । डाक्टरले पनि उनि लामो समय बाच्न नसक्ने भनेका थिए । तर उनि, ७८ वर्ष बाँचेर संसारबाट बिदा भएका छन् ।
प्रकाशित मिति: २ चैत्र २०८०, शुक्रबार