२६ बैशाख २०८३, शनिबार

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन आज: माओवादीका दाहाल र कांग्रेसका शर्मा उम्मेदवार,कस्काे पक्षमा कति?


काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेस नेता युवराज शर्माले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा मंगलबार हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनबाट माओवादीका दाहालले उम्मेदवारी दिएका हुन् भने प्रमुख प्रतिपक्षी कांग्रेसबाट शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । माओवादीका गोपी सार्की अछामीको प्रस्तावमा उम्मेदवार बनेका दाहाललाई एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिदले समर्थन गरेका छन् । कांग्रेसका आनन्दप्रसाद ढुंगानाले अध्यक्षमा प्रस्ताव गरेका उम्मेदवार शर्माको समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह छन् ।

अध्यक्षमा उम्मेदवारी दिँदै दाहालले आफ्नो योगदानअनुसार पार्टीले जिम्मेवारी दिएको र इमानदारपूर्वक निर्वाह गर्ने बताए । आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भनेकोमा उनले असन्तुष्टि जनाए ।आफू ०३६ देखि राजनीतिक गतिविधिमा लागेकोमा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि अरोप लगाएको जनाउँदै उनले भूमिकै नबुझी पटक–पटक प्रश्न गर्नु न्यायोचित नभएको जिकिर गरे । ‘त्यसवेला यदि दाजुभाइको नाता लगाउनेले युद्धमा हिँड्दा दाइ हिँडेको छ, परिवारका सबै किन हिँड्नुपर्‍यो भनी किन प्रश्न नगरेको ?’ दाहालले प्रश्न गरे । त्यसवेला युद्धमा नलाग्दा आफ्नो परिवार बचाउन लाग्यो भन्ने नेतृत्वलाई लाञ्छना लाग्ने गरेको उनले सुनाए । ‘मैले आफ्नो योगदानअनुसारको जिम्मेवारी पाउन लागेको छु, सिंगो पार्टीपंक्तिले एकमतका साथ मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसलाई अन्यथा लिन मिल्दैन,’ दाहालले भने ।


प्रकाशित मिति: २९ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives