२६ बैशाख २०८३, शनिबार

मंगलबार राष्ट्रिय सभा अध्यक्षकाे चुनाव,मैदानमा शर्मा-दाहाल आमनेसामने


काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गरेका हुन्।

शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको छ। उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्। मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ। राष्ट्रिय सभामा कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन् ।

 साथै  माओवादी केन्द्रका सांसद नारायण दाहालले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद नयाँ बानेश्वरमा सोमबार बिहान दाहालले उम्मेदवारी दर्ता गरेका हुन्। दाहाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन्।

दाहालको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन्। समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन्। मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव हुनेछ।


प्रकाशित मिति: २८ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives