२६ बैशाख २०८३, शनिबार

अब विदेशबाट पनि जन्म र मृत्यु दर्ता गर्न सकिने (देशको सूचिसहित):-


काठमाडौं। अब विदेशबाट पनि जन्म र मृत्यु दर्ता गर्न सकिने भएको छ । विदेशस्थित विभिन्न १५ वटा नेपाली नियोगबाट जन्म र मृत्यु दर्ता गर्न सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

सो विभागले सूचना निकालेर विदेशस्थित नेपाली नियोगबाट सोमबारदेखि जन्म र मृत्यु दर्ता गर्ने प्रक्रिया सुरु हुन लागेको जानकारी दिएको हो ।

उक्त विभागका निर्देशक दिल कुमार तामाङका अनुसार विदेश जाँदा नागरिकता नेपालमै छोडेको हुन सक्ने भएकाले राहदानीलाई पनि मान्यता दिइएको छ । ‘जन्म दर्ताका लागि बाबुआमाको नागरिकता, नेपाली नागरिकता नेपालमै छोडेको भए राहदानी, बच्चा जन्मेको अस्पतालको कागज, खोप लगाएको कागजात र मृत्यु दर्ताको लागि अस्पतालले दिएको मृत्युको कागज आवश्यक पर्छ’, उनले भने, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीजकरण ऐन र नियमावली अनुसार नै यो व्यवस्था भएको हो । नियोगका कर्मचारीलाई यसबारे तालिम पनि प्रदान गरिएको छ र सहयोगी पुस्तीका पनि दिएका छौँ ।’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीजकरण ऐन, २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीजकरण नियमावली, २०७७ मा विदेशस्थित नेपाली नियोगबाट समेत पञ्जीकरण सम्बन्धी कार्य गरिने व्यवस्था भए बमोजिम यो कार्य सुरु हुन लागेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यी हुन् जन्म र मृत्यु दर्ता गर्न सकिने देशः-

 


प्रकाशित मिति: २० फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives