२५ मंसिर २०८२, बिहीबार

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान


काठमाडौं। नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । उक्त बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

सो समितिले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदन माग गरेको छ भने इच्छुक नागरिकले आज फागुन १६ गतेदेखि १५ दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

हेर्नुस् सूचनाः-

 


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार