१३ पुष २०८१, शनिबार

अद्भुत नेपालको अद्भुत मुद्रा !


लाेकमणी पाैडेल । विश्व मानचित्र मा सानो भईकन पनि नेपाल अनेक विशेषता ले सिँगारिएर बसेको छ। सबैभन्दा धेरै सिँगारपटार त प्रकृति स्वयं ले गरिदिएकी छन्। तर यहाँ म प्राकृतिक होइन एउटा भौतिक विषय लाई यहाँहरू सँग साझा गर्न मन लागेर उपस्थित भएको छू। कम से कम सबैमा एउटा गर्वानुभूति को सञ्चार त होस्।

नेपाल मुद्राहरू का कारण ले पनि विश्व मा अद्भुत मुलुक मानिन्छ। एसको प्रचार प्रसार गर्न नसक्नु हाम्रै कमजोरी हो । परापूर्व काल मा नेपाल मा हाते मेशीन बाटै मुद्रा बनाउने चलन थियो। प्रायःजसो मुद्राहरू मा देवी देवता कै चित्र अङ्कित गरिन्थ्यो। मुद्रा को एकातर्फ देवीदेवता को चित्र भए पनि अर्का तर्फ राजामहाराजा को चित्र अथवा राज्य को सङ्केत लाई मुद्रा मा उतारिएको हुन्थ्यो। लिच्छवीहरू ले आँफू लाई राम का वंशज मान्ने हुनाले लिच्छवी काल मा राम लक्ष्मण सीता हनुमान् अङ्कित मुद्रा प्रचुर संख्या मा बनाइएका थिए। ती मुद्रा अद्यापि प्रशस्त भेटिन्छन्। रामराज्य सँग सम्बन्ध राख्ने तेस प्रकार का मुद्राहरू चितवन को माडी मा गाडेको अवस्था मा भेटिएको विवरण पाइन्छ। मुद्राहरू मा अङ्कण गरिएका शुभचिन्हहरू मा शिव जी को त्रिशूल, हनुमान् को गदा, कलश, बुद्ध को सम्झना गराउने अष्टमङ्गल, देवी को खड्ग आदि हुन्थे। राजा पृथ्वीनारायण शाह ले मुद्रा मा श्री श्री श्री गोरखनाथ लेख्ने प्रचलन चलाए।

सबैभन्दा सुखद पक्ष त के भने संसार मै सबैभन्दा सानो मुद्रा पनि नेपाल मै बनेको इतिहास रहेछ। जावा नाम गरेको सो मुद्रा जयप्रकाश मल्ल ले बनाउन लगाएका रहेछन्। जम्मा ४ मिली ग्राम को सो चाँदी को मुद्रा आज पनि छाउनी को टक्सार संग्रहालय मा देख्न पाइन्छ। प्रायः मुद्राहरू गोलाकार का हुन्छन्। तर यो मुद्रा भने वर्गाकार मा बनेको छ। जावा नेवारी शब्द हो। नेवारी भाषा मा जावा को अर्थ नै सबैभन्दा सानो हो। कतै नेपाली भाषा को ‘जाबो’ शब्द तेही नेवारी ‘जावा’ बाट बनेको त होइन ? लेख्दा लेख्दै भाषा तिर पनि ध्यान गयो।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?