२४ बैशाख २०८३, बिहीबार

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य


काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ।

त्यस्तै, त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन जोड्यो। नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए भने आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने भीम सार्कीले खाता खोल्न सकेनन् । गुल्सन झाले ५ रन बनाए । आरिफ शेखले २२ र करण केसीले २६ रन जोडे ।

नेदरल्यान्ड्सका भिभियान किङ्मा र आर्यन दत्तले तीन–तीन विकेट लिए। बास डे लिडेले २ विकेट हात पारे । त्यसैगरी, कुशलले आसिफ शेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए, तर लगातार विकेट गुमाएर नेपाल ५४-३ को स्थितिमा पुगेको थियो। त्यसपछि कुशल र कप्तान रोहित पौडेलबीच ३३ रनको साझेदारी भयो। आउट हुनुअघि कुशलले आरिफ शेखसँग सातौँ विकेटका लागि २८ रनको साझेदारी गरेका थिए। अन्तिम समयमा आरिफ र कुशलबीच नवौँ विकेटका लागि ३६ रनको साझेदारी भएको थियो ।

विश्वकप लिग-२ को आफ्नो पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो खेल नेपालले जितेको थियो भने जारी शृखलामा नेपालले नामिबियासँग भने दुवै खेल हारेको थियो ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives