४ पुष २०८२, शुक्रबार

आज सुनचाँदीको मूल्य फेरी बढ्यो


काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य पाँच रुपैयाँ बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको र तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार