९ पुष २०८१, मंगलवार

यसरी टुट्याे निजामती अस्पताल प्रतिकाे मेराे भरोसा !


-खड्ग बहादुर श्रेष्ठ  (काठमाडाैंका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी)

लाखौ निजामती कर्मचारीको भरोसा बनेको निजामती अस्पताल उपर मेरो भरोसा टुट्न लाग्यो अब । त्यति ठुलो ट्युमरको रिपोर्ट चिकित्सकले छुट्याउन सकेनन् । दिनभरी इमर्जेन्सीमा राखेर बिरामी डिस्चार्ज गरे । पुन भोलिपल्टै अपरेशन गरेर निकाल्नु परेको थियो । पहिले दुर्लभ रोग अन्तरगतको क्यान्सर भने पछि बिभिन्न भारतमा परीक्षणबाट क्यान्सर होइन भने ट्युमर के हो भनि रोग निर्क्योल गर्न सकेनन् । त्यति ठुलो चिरिएकाे शरिर लिएर बिहानै बिरामी १५ औँ दिन घर पठायो ।

निक्कै समयपछि धेरै जोडबल गरेपछि डाक्टरले घाउ सिलाइ दिए ।  बिस्तारै बाहिरी घाउ निको भयो तर भित्र बिरामीको पिडा निको भएन। केहि सिप लागेन  । बिरामीको अबस्था बिग्रँदै गएपछि फेरी माघ १४ गते अस्पतालमा भर्ना गरियो। ज्वरो आउने बान्ता हुने क्रम राेकीएन । निमोनिया भनियो , उपचार गरे निमोनिया निको भयो । बिभिन्न परिक्षण भए ज्वरो आउने बान्ता हुने क्रम राेकीएन । रोग केहि पत्ता लागेन। सवै प्रकारका एन्टिबाइटिकको औषधि रोकेर हेरे । बान्ता हुन रोकियो तर ज्वरो राेकीएन । यस बिचमा सिटि स्क्यान कति हो कति,इको कति हो कति मेनेन्जाइटिस हो कि भने टाउकोको सिटि स्क्यान गरियो । टिवि हो कि भनेर थुकबाट,परीक्षण पिसाबबाट परीक्षण दोहोरा तेहेराइ तर सबै रिपोर्ट नेगेटिभ । किड्नीको हेर्न थाले । सिटि स्क्यानमा पानी देखियो । जुन अपरेशनको बेलामा रहेको रगत अनुमान गर्न सकिन्छ ।

त्यसको पहिचान गर्न ह्याम्स अस्पतालको डाक्टरको सल्लाह अनुसार बिरामी लगेर परिक्षण गर्दा पानी देखेर इन्जेक्सनबाट निकालेर पठायो । किड्नी ठिक छ भनि तर बिरामीलाई कुनै ज्वरो निको भएन। यस बिचमा आफ्नै तर्फबाट बिरामीको उपचार सम्बन्धी फाइल लिएर भर पर्दा चिकित्सक ऋषि काफ्लेकोमा समेत लगेर देखाउँदा किड्नी एकदम ठिक छ भन्नुभयो । फेरी सिटी लगायत परिक्षण गरे किड्नीमा फेरी पानी देखियो । फागुन १० गते युरिनबाट किड्नीमा पाइप राखेर पानी निकाल्ने काम भयाे । तर ज्वरोले छोडेन । यस प्रकार कैयौँ परिक्षण र औषधीको बिलले झोला भरिसकेको छ ।शरीरबाट रोग खालि भएन । यसरी बिरामी प्रति परीक्षण मात्रै गरेर बर्बाद पार्दै त छैनन र ? करिब साँढे २ महिनाको छोरीको उपचार गर्दा अस्पतालमा देखिएका थुप्रै बेथितिका कारण मेरो  उपचार केन्द्र प्रतिको भरोसानै टुट्न लाग्यो।


प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?