१७ माघ २०८२, शनिबार

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन


काठमाडौं। एमालेको भातृ संगठन (अनेरास्ववियु) ले आज देशैभरका क्याम्पस अगाडि थाल बजाएर प्रदर्शन गरेको छ । बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै देशैभरका क्याम्पसबाट खबरदारी प्रदर्शन गरेको हो ।

त्यसैगरी, ललितपुरस्थित पाटन क्याम्पस अगाडि गरिएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा पनि माग गरिएको थियो ।

उक्त प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी करार गरिएको भएपनि राजीनामा नदिएको भन्दै नेकपा एमालेले समेत विरोध गर्दै आएको छ ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार